गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य ४ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् ।
नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाउनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो। शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) हुनुुहुन्छ । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिनु भएको हो ।


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार २०:५५