शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक छ : मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

This image has an empty alt attribute; its file name is 326148965_681370273769870_261053536942533579_n-1024x684.jpg

गुन्डूस्थित काठमाडौं वल्र्ड स्कूलले आयोजना गरेको तेस्रो नमूना संयुक्त राष्ट्र संघको उद्घाटन समारोहका प्रमुख अतिथि रहनु भएको थापाले सम्बोधन गर्नुहुँदै अहिलेको युग सूचना प्रविधिको भएकाले शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको हो ।

This image has an empty alt attribute; its file name is 326125860_660386715833964_2292117911673465799_n-1024x683.jpg

संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तबारेमा जानकारी गराउनुहुँदै मेयर थापाले महत्व बारेमा बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 326377751_715932850102962_5574147930827562307_n-1024x684.jpg

संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न, जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने अन्तराष्ट्रिय संस्था भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 326309837_479210111067388_4197716088670320196_n-1024x684.jpg

मेयर थापाले विश्वका सबै राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र सङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको  जानकारी गराउनुभयो ।

This image has an empty alt attribute; its file name is 326554716_1586091551819826_6675271685137974229_n-1024x684.jpg

कार्यक्रममा संयुक्त राज्य अमेरिाका लागि नेपालका पूर्व राजदूत डा जयराज आचार्य र स्कुलका सीईओ लेफ्टिनेन्ट जनरल शरद गिरीले संयुक्त राष्ट्र संघले नेपालको शान्ति स्थापनामा खेलेको योगदान बारे मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित | ५ माघ २०७९, बिहीबार २०:३८