संस्था बचाउन मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्नुहोस: कृष्णजीवी पन्थ

मेरिल्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संस्था बचाउन मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्न अग्रजहरुमा आग्रह गर्नु भएको छ । लाखौ नेपालीहरुको भावना जोडीएको संस्थालाई बिभाजन गर्ने अधिकार कसैलाई नभएको बताउँदै पन्थले मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्न आग्रह गर्नु भएको हो ।

सामाजीक संजालमा पोस्ट गर्दै भन्नु भएको छ, ‘अन्तराष्ट्रीय समन्वय परिषदको नेतृत्व दाबी गर्ने अधिकांश ब्यतित्वहरु हाल नेपालमा हुनुहुनुन्छ । ब्यतिगत रिस, राग एबं दम्भ त्यागेर आम बिदेशमा रहेका लाखौ लाख नेपालीहरुको भावनालाई मध्यनजर गर्दै मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्नुहोस ।’

संस्थामा बिधि, बिधान एबं निर्बाचित कार्यसमितिलाई नजरअन्दाज गर्ने कोशिश नगर्न पनि उहाँले आग्रह गर्नु भयो । ‘मातृभूमिलाई हामीले आर्जन गरेका ज्ञान, सिप एबं लगानी भित्राएर सहयोग गर्नुको सट्टा परराष्ट्र मन्त्रालय,पुलिस प्रशासन एबं अदालत सम्म हाम्रा बिवादहरु छताछुल्ल पार्ने कार्य भएका छन्’, उहाँले भन्नु भयो, ‘नेपाल आफै समस्यामा गुज्रीरहेको अबस्थामा हाम्रा समस्यहरु थुपोरेर मातृभूमिलाई बोझिलो बनाउने हक तपाई हामीमा छैन ।’

‘एनआरएनएलाई देश भित्र र बाहिर यसरी नंगाएका छौ की यसलाई पुनरावृत्ति गर्नको लागी सायद बर्षौ लाग्छ । हामीले गरेका हरेक कृयाकलापलाई हाम्रा युवा पिढिहरुले नजीकबाट हेरिरहेका छौ । यसर्थ हामी त्यगी एबं ईमान्दार बनौ’, उहाँले थप्दै भन्नु भयो ।

उहाँले अग्रजहरुलाई गम्भिरतापुर्बक सोच्न र एउटा निर्णयमा पुग्न भन्दै विवाद तथा असहमतीहरु छलफलका माध्यमद्वारा टुगांउनुपर्नेमा जोड दिनु भयो । ‘आम गैरआवासीय नेपालीहरुको भावना बुझेर एकताको शन्देश दिनुहोस् हामी आफ्नो निर्णय आफै गर्न संक्षम छौ’, उहाँले भन्नु भयो ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार ११:००