वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त

काठमाडौ‌: कोषकार एवं साहित्यकार वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन समेत प्रकट गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत भन्नुभएको छ, ‘वरिष्ठ भाषाशास्त्री, शब्दकोषकार तथा साहित्यकार वसन्तकुमार शर्मा ‘नेपाल’को निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँको निधनले नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ, दिवङ्गत स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

सन्तानब्बे वर्षको उमेरमा साहित्यकार शर्माको चाबहिल मैजुबहालस्थित आफ्नै निवासमा आज निधन भएको थियो । विसं १९७९ चैत शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार शर्मा दुई महीनादेखि निवासमै अचेत अवस्थामा हुनुहुन्थ्यो । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार २०:०३