विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं:  पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक थिए ।

यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एकरएक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

विज्ञप्ति जस्ताको तस्तै


प्रकाशित | १ माघ २०७९, आईतवार १६:४१