विकास निर्माणमा फड्को मार्दै कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ८ मा सडकमा ब्यापक सुधार (भिडियो रिपोर्ट)

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाले पूर्वाधार विकासमा फड्को मार्न सफल भएको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा वडा नं ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै मेयर कार्कीले सडक, खानेपानी लयायतका क्षेत्रमा राम्रो प्रगती भएको बताउनु भएको हो ।

कार्यक्रममा वडा नं ८ को आर्थिक वर्ष २०७९÷८० मा भएका कामहरुको समिक्षा पनि गरिएको थियो । नयाँ जनप्रतिनिधि आएपछि विशेषगरी वडा नं ८ को सडक अवस्थामा उल्लेख्य सुधार भएको बताउनु भयो ।

सो अवसरमा बोल्नु हुँदै वडा नं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले सबैले सहयोग गरेकै कारण वडामा विकास निर्माणको कामले गति लिएको बताउनु भयो । विगतमा भएका अप्ठ्यारा परिस्थितीहरुलाई सामना गर्दै काम अघि बढाइएको उल्लेख गर्नु भयो ।

वडाध्यक्ष पुडासैनीले वडाको विकासको लागि सबैजना भोको भएको बताउँदै हरतरह विकासका लागि अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

नयाँ जनप्रतिनिधि आएपछि वडाका विभिन्न सडकहरुमा ट्रयाक खोलिएको छ भने सडक ढलान कार्यहरु पनि भएको छ । यस्तै ढल व्यवस्थापन, सेप्टी ट्याङ्की निर्माण लगायतका कार्यहरु भएको छ ।


प्रकाशित | २ बैशाख २०८०, शनिबार २०:२९