विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


प्रकाशित | १ माघ २०७९, आईतवार १४:३६