नेकपा स्थायी कमिटिको आजको बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं : नेपाल कम्यिुनिष्ट पाटी (नेकपा ) को जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठक २६ गतेसम्मका लागि स्थगीत गरिएको हो ।

पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

यसअघि सोमबारको बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आज पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल हुँदैछ ।


प्रकाशित | २४ असार २०७७, बुधबार ०९:३७