एनआरएन ग्लोबल स्पीच कन्टेस्ट : कुन देशबाट को -को छानीए ? (नामावलीसहित)

काठमाडौं – गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार हुन लागेको ‘ग्लोबल स्पीज कन्टेस्ट’को तयारी पूरा भएको छ । प्रतियोगितामा २९ देशका ६१ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो ।

एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६१ जनाले सहभागिता जनाएका हुन । अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगिता अगस्ट ९ तारिख अर्थात आइतबार नेपालको समय ३ बजे हुँदैछ ।

प्रतियोगितामा सहभागीलाई आजै शनिबार दिउँसो ३ बजेको समयमा रिहर्सल गराइँदैछ । जसको लागि सबै प्रतियोगिलाई लिंक इमेलमा पठाइएको संयोजक कँडेलले बताउनुभयो । सो लिंक सम्बन्धीत प्रतियोगिको इमेलमा मात्र पठाइने छ । साथै लिंक सबैको ईमेलमा पठाइसकेकाले सम्बन्धीत एनसिसीमार्फत प्रतियोगिलाई जानकारी गराइ सहभागि गराइदिन आग्रह गरिएको छ ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डले सहभागिता जनाएका हुन ।

संयोजक कँडेलका अनुसार प्रतियोगितामा एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेलको संयोजकत्वमा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा हुनुहुन्छ ।

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ । यस्तो छ प्रतियोगिहरुको नामावली ;-

१ नौलाखा उमंग – म्यानमार

२ अभिलाषा खतिवडा – म्यानमार

३ Samuel गुरूङ -मकाउ

४ दुर्गा रंजीत कुमार क्षेत्री – मलेशिया

५ सुहिम थापा- नाइजेरिया

६ Veenisha Thapa – मलेशिया

७ आर्मिंडा देवकोटा – मोरक्को

८ अंशिका बस्नेत- युगान्डा

९ हर्ष भण्डारी- बोत्सवाना

१० पवन भण्डारी- युगान्डा

११ श्रेया बम – युगान्डा

१२ मिम्ती गुरूङ- मलेशिया

१३ सुप्रिया गिरी- सिंगापुर

१४ टिया आचार्य – युके

१५ Akrish भण्डारी – केन्या

१६ पुजन खत्री- जापान

१७ Risavchandra आचार्य – जापान

१८ लोनिभा महर्जन – जापान

१९ संयोग आले – सिंगापुर

२०. Jasmine Saiyad – साउदी अरेबिया

२१ क्रिस्टिना सिग्देल -स्पेन

२२ कृतिका रावत – बहराईन

२३ निशान्त खत्री – बहराईन

२४ Aisha अर्याल- साउदी अरेबिया

२५ दीक्षा थापा -साउदी अरेबिया

२६ दंग तिमिल्सिना (सजना) – थाईल्याण्ड

२७ श्रेया पोखरेल – क्यानाडा

२८ गायत्री शर्मा – पोर्तुगल

२९ स्मिद गैरे -इटाली

३० करण दाहाल – थाईल्यान्ड

3१ Dibya धिताल – थाईल्यान्ड

३२ कुञ्जन बोहरा -अष्ट्रिया

३३ समीरा केसी- रूस

३४ बिक्रम केसी- रूस

३५ सब्यता शर्मा – क्यानाडा

३६ Shakshi Bhattarai -युएई

३७ Samaa Siddiqui – युएई

३८ सुप्रिया घिमिरे -संयुक्त राज्य अमेरिका

३९ देव ढकाल -अस्ट्रिया

४० Princess Pokha

४१ निर्जला कोइराला – दक्षिण कोरिया

४२ मिशन शर्मा – स्पेन

४३ रिषी अधिकारी – युएई

४४ आइशा सिटौला- दक्षिण कोरिया

४५ रिजु पौडेल- अस्ट्रेलिया

४६ परिणीति गुप्ता -आयरल्यान्ड

४७ उन्नती गौतम -आयरल्यान्ड

४८ स्वरूप काफ्ले- आयरल्यान्ड

४९ आयुष्मा गैरे- पोर्तुगल

५० मानसी खरेल- पोर्तुगल

५१ जीया हमाल – कतार

५२ रोमिन गैरे- कतार

५३ Unique भण्डारी – कतार

५४ आर्यना राई – हङकङ

५५ प्राथना थापा – चीन

५६ युजन क्षेत्री (ज्ञवाली)- चीन

५७ रोजी थापा – हङकङ

५८ आयुष कँडेल- क्यानडा

५९ Divya ढकाल -अस्ट्रिया

६० मनिषा कँडेल- स्कटल्याण्ड

६१ अनुष्का पाठक – यूके


प्रकाशित | २४ श्रावण २०७७, शनिबार १२:३१