‘नेपाली शब्दसागर’का लेखक वसन्तकुमार शर्माको निधन

काठमाण्डौ :साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा नेपाल को ९७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छातीको स‌ंक्रमणबाट अस्वस्थ शर्माको शनिबार चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं‍. १९८४ मा काठमाण्डौकै महाराजगञ्जमा जन्मिनुभएको शर्मा नेपालको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागरका लेखक हुनुहुन्छ । उहाँको करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १५:५९