२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाडौं : २० लाख धरौटी बुझाएर बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने छुटेका हुन् ।

बिहीबार उच्च अदालत, पाटनले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।


प्रकाशित | २९ पुष २०७९, शुक्रबार १४:१७