गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङले उम्मेदवारी दिने

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्ष पदमा  नन्द गुरुङले उम्मेदवारी दिनुुहुने भएको छ । हाल एनआरएन अस्ट्रेलियाको प्रवक्ता रहनु भएको गुरुङले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको हो ।

गुरुङले अध्यक्ष पदका लागि आफ्नो सम्पूर्ण तयारी पुरा भएको र औपचारिक घोषणा मात्र गर्न बाँकी रहेको बताउनुभयो । अष्ट्रेलियामा आगामी जुलाई ३१ मा निर्वाचन हुँदैछ ।

सरल, लगनशिल तथा इमान्दारीपूर्वक समाजसेवाका रुपमा कहलिएका गुरुङ बिगतमा सर्वाधिक मत प्राप्त गर्ने लोकप्रिय उम्मेदवारको रुपमा समेत चिनीनुहुन्छ ।

गुरुङ एनआरएनए अष्ट्रेलियाको कार्य समिति सदस्य तथा खेलकुद संयोजक, उपाध्यक्ष हुँदै बिगत दूई दशकदेखि नेपाली समुदायमा परोपकारी तथा सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

सरल, लगनशिल तथा इमान्दारीपूर्वक समाजसेवाका रुपमा कहलिएका गुरुङ बिगतमा सर्वाधिक मत प्राप्त गर्ने लोकप्रिय उम्मेदवारको रुपमा समेत चिनीनुहुन्छ ।


प्रकाशित | १७ बैशाख २०७८, शुक्रबार ०९:४३