सूर्यविनायक नगरपालिकाले शुक्रबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरपालिकाको प्रागंणमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले एक सूचना जारी गर्नुहुँदै रक्तदान कार्यक्रममा सहभागिताको लागि सबैमा आह्रवान गर्नु भएको छ ।

रक्तदान गर्न इच्छुक सबै कर्मचारी, जनप्रतिनिधिलगायत सर्वसाधरणलाई सहभागि हुन आग्रह गरिएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि शूरु हुनेछ ।

रक्तदान कार्यक्रम नगरपालिकाका मेयर बासुदेव थापाले उद्घाटन गर्नुहुनेछ । यसअघि नगरपालिकाले सूर्यविनायकका वासिन्दालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा बिच नगरपालिका भित्रका बासिन्दाहरुलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको हो । सो बमोजीम नगरपालिकाले रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम समेत आयोजना गदै आइरहेको छ ।

May be an image of text

प्रकाशित | २८ पुष २०७९, बिहीबार २१:०५