प्रतिनिधिसभाको बैठक बस्दै: नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि शूरु

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले शुक्रबार प्रस्तुत गरेको नीती तथा कार्यक्रमाथिको छलफल प्रारम्भ हुँदैछ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी  छ ।  संघीय संसदमा प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन्  नीति तथा कार्यक्रम आगामी मंगलबार पारित गर्ने सरकारको तयारी छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १०:३९