मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।  प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

 


प्रकाशित | २७ पुष २०७९, बुधबार १५:३१