


काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले अनावश्यक खर्च कटौती गर्ने नीति अनुरुप ‘मायाको चिनो’ सम्बन्धी खर्च कटौती गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिपक कुमार रिसालले एक सूचना जारी गर्नुहुँदै कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ समावेश नगर्न परिपत्र गर्नु भएको हो ।
सूचनामा नगरपालिकाको बजेटमा सम्झौता गरि कुनै पनि कार्यक्रममा ‘मायाको चिनो’ सम्बन्धी खर्च समावेशन नगर्न सम्बन्धीत सबैलाई आग्रह गरिएको छ । कार्यक्रम फछ्यौट गर्दा सो सम्बन्धी खर्च समावेश भएमा खर्च फछ्यौट नहुने पनि मेयर रिसालले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।
एक वर्षमा करिब बजेटको १० प्रतिशत भन्दा बढी अनावश्यक रुपमा मायाको चिनोमा खर्च हुने भएकाले कटौती गर्न निर्देशन
नगरपालिकामा एक आर्थिक वर्षमा मात्र मेयर, उपमेयरलगायत जनप्रतिनिधिको लागि मात्र करोडौ खर्च हुने गरेको पाइएकाले अनावश्यक खर्च कटौती गरिएको मेयर रिसालले बताउनुभयो ।
एक वर्षमा करिब बजेटको १० प्रतिशत भन्दा बढी अनावश्यक रुपमा मायाको चिनोमा खर्च हुने भएकाले त्यसलाई कटौती गर्न निर्देशन दिएको हुँ’, मेयर दिपक कुमार रिसालले भन्नुभयो, ‘त्यसलाई कटौती गरेर २० लाख जति रकम प्लस टूमा अध्ययनरत विद्यार्थीलाई छात्राबृत्ति दिने निर्णय गरेको छु ।’
प्रकाशित | २ फाल्गुन २०७९, मंगलवार २०:३४