प्रधानमन्त्री प्रचण्डले पाए २६८ सांसदको समर्थन

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाउनु भएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले २६८ मत पाउनु भएको छ भने विपक्षमा २ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गर्नु भयो ।

२७५ जना सांसद रहेको संसदमा २७० जना उपस्थित थिए भने १ जना निलम्बनमा परेका छन भने ४ जना अनुपस्थित थिए । विपक्षमा नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका चित्र बहादुर केसीले मतदान गर्नु भएको थियो ।


प्रकाशित | २६ पुष २०७९, मंगलवार १७:३१