मनसुन सक्रिय बन्दै: देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौ : मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बन्दै गएका कारण बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना छ । पूर्वी भूभागबाट मनसुन भित्र्याउने वायु प्रवेश गरेकाले मनसुनी गतिविधि बढेको हो ।’ बिहीबार पश्चिम तराई र काठमाण्डौसहित मध्य क्षेत्रमा दिउँसो मौसम सफा भए पनि बेलुकीतिर भने पानी पर्ने संभावना छ ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०९:३८