पोखरामा गण्डकी प्रदेशसभा भवन गेट अगाडी बम फेला

कास्की : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द्र (विप्लव ) को नेपाल बन्दको दिन पोखराका दुई ठाउँमा शंकास्पद बस्तु फेला परेको छ । गण्डकी प्रदेशसभा भवन प्रबेश गेट गाडी शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । पोखरा- ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरिरहेको छ । त्यस्तै पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०९:४४