एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा शूरु, भोली ज्ञान सम्मेलन

न्यूयोर्क : गैर आवासीय नेपाली संघ ( एनआरएनए एनसीसी) अमेरिकाको नवौं साधारण सभा शूरु भएको छ । तीन दिनसम्म चल्ने जुममार्फत आयोजना गरिएको साधारणसभा आजबाट शूरु भएको हो ।

कार्यक्रम नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गर्नुभयो भने कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व परराष्ट्रमन्त्री मन्त्री डा. प्रकास शरण महत, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै कार्यक्रममा अतिथिको रुपमा आइसिसी उपाध्यक्ष बद्री केसी, सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आइसिसी पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्य, सल्लाहकारहरु हरिबोल भण्डारी, एसी शेर्पा, एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक डा.केशव पौडेल, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापालगायतको सहभागिता थियो ।

त्यस्तै, साधारण सभामा आइसिसीका अन्य पदाधिकारीहरु, विभिन्न एनसिसीका अध्यक्षहरु, अमेरिकास्थित संघसंस्थाका प्रतिनिधी, एनआरएनएका अभियन्ता, पत्रकारहरू, कलाकार, समाजसेवी, लगायतको पनि सहभागिता रहेको थियो । एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव पशुपति पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

भोली ज्ञान सम्मेलन हुँदै

त्यस्तै, भोली ज्ञान सम्मेलन आयोजना गरिएको छ । ज्ञान सम्मेलनमा पाँच वटा सेसन सञ्चालन हुनेछ भने विभिन्न विज्ञहरुले आआफनो कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

यसअघि एनआरएनए अमेरिकाले थालनी गरेको ज्ञान सम्मेलन अहिले विश्व सम्मेलनमा परिणत भइसकेको छ । यसअघि नै नेपालमा पहिलो पटक काठमाडौंमा पहिलो विश्व विज्ञ सम्मेलन आयोजना भइसकेको छ । शूरुमा एनआरएनए अमेरिकाले विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गरेर स्वदेशको सम्मृद्धिमा लगाउनुपर्छ भन्ने उद्देश्यले पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वस्प साधारसभाकै अवसरमा दोस्रो विज्ञ सम्मेलन आयोजना गर्न लागिएको हो ।

त्यस्तै, सम्मेलनमा विभिन्न शीर्षकमा रहेर विषयगत छलफलहरु हुने नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी गराउनुभयो ।

त्यस्तै ५ तारिखको दिन विधानको विषयमा छलफल, संस्थाको आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन प्रस्तुत छलफल गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित | २० असार २०७७, शनिबार ०८:३१