अतिरिक्त शुल्क असुलेपछि नोवेल मेडिकल कलेजमा तालाबन्दी

विराटनगर- विद्यार्थीलाई सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। आन्दोलनरत विद्यार्थीले नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालाबन्दी गरेका हुन्।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ ।ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।यता सरकारले तोकेको शुल्कभन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुलेपछि काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन्।

बुधबार पीडित विद्यार्थीले सरकारलाई दबाब दिन बानेश्वरमा जुलुश प्रदर्शन गरेका छन्।

 


प्रकाशित | २१ पुष २०७८, बुधबार १६:४७