वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

हेटौडा :  वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनु भएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नु भएका जम्मकट्टेललाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।

जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७, हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसद भए पुग्छ ।


प्रकाशित | २५ पुष २०७९, सोमबार १७:२५