सूर्यविनायक नगरपालिका जनभावना अनुसार काम गर्न कटिबद्ध छ: मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिका जनभावना अनुसार काम गर्न कटिबद्ध भएर लागिपरेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा शूरु ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्नुहुँदै मेयर थापाले नगरबासीको चाहना र भावनाअनुसार काम भइरहेको बताउनुभएको हो ।

This image has an empty alt attribute; its file name is 222-1-1024x656.jpg

जनभावना अनुसार नगरपालिकाले आफ्नो गतिविधिहरु अगाडि बढाइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि सबैमा आग्रह गर्नुभयो । उहाँले नगरपालिका सदैव नगरबासीको समस्या र गुनासो सम्बोधनमा क्रियाशील रहेको र सक्रिय भएर लागिपरेको समेत स्पष्ट पार्नुभयो ।

दोस्रो कार्यकालमा निर्वाचीत भएर आएपछि अधुरा योजनालाई पूरा गर्न आफूसहितको सिंगो टिम लागिपरेको मेयर थापाले बताउनुभयो ।तालिममा सहभागिलाई तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उर्तान समेत आग्रह गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 4-1024x768.jpg

न्यायिक समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रम न्यायिक समिति संयोजक सरिता भट्टराई तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल र प्रवक्ता रविन्द्र सापकोटालगायत न्यायीक समितिका सदस्य, कर्मचारी र प्रशिक्षार्थीको सहभागिता थियो ।


प्रकाशित | २४ पुष २०७९, आईतवार २२:२२