एनआरएनए जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तको उम्मेदवारी (प्रतिबद्धतापत्रसहित)

बर्लिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको अध्यक्ष पदमा मिलन राज पन्तले उम्मेदवारी दिनु भएको छ ।
एनआरएनए जर्मनीको आगामी कार्यकालको लागि पन्तले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।

विगत एक दशक अगाडि युवा जोश र जाँगरले केहि गर्ने ईच्छा, केहि जिज्ञासा त केहि कौतुहुलताका साथ एनआरएन अभियानमा सामेल भएर उहाँले फरक फरक भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँले एनआरएनए जर्मनीको दुई कार्यकाल उपाध्यक्ष पद सम्हाली सक्नु भएको छ ।
एनआरएनए जर्मनीलाई सही दिशानिर्देश गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको पन्त बताउनु हुन्छ । बिधिपद्धती र प्रकृयालाई अवलम्बन गरेर अघि बढेमा मात्र संस्था परिपक्व हुने उहाँको विश्वास छ ।

एनआरएनएमा युवाहरुको सक्रियता बढ्दै जानु सराहनीय पक्ष रहको उल्लेख गर्दै उहाँले युवाले नेतृत्वदायी भूमिकामा रहेर अग्रजको सुझावलाई आत्मसाथ गर्दै संस्थालाई नयाँ परिस्कृत ढंगबाट अघि बढाउनुर्पेमा जोड दिनु हुन्छ । एनआरएनएमा युवाहरुको उपस्थिती बलियो बनाउन आफु सक्रिय रुपमा लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । एनआरएनए जर्मनीमा यही ३१ तारिखमा निर्वाचन हुँदैछ ।

यस्ता छन् उहाँका प्रतिबद्धताहरु

-अग्रजहरुलाई सम्मान गर्दै एक स्वतन्त्र “ STAR FACES “ नामक सम्मानित टास्कफोर्स बनाएर उहाँहरुको सल्लाह, सुझाव र मार्गदर्शनबाट अघि बढिनेछ ।

-विद्धान, बुद्धिजीवि, प्रोफेसर, डाक्टर, इन्जिनियर लगायत ख्याती प्राप्त व्यक्तिहरु सम्मिलित विज्ञ समुहको “THINK TANK” गठन गरेर उहाँहरुको क्षमताको भरपुर उपयोग गर्दै सहकार्य गरिनेछ ।

-नयाँ पुस्तालाई समेट्ने गरी “THE FUTURE” नामक टास्क फोर्सबाट उहाँहरुको बिचार र भावनालाई आत्मसाथ गरेर अघि बढिनेछ ।-हामीसँग जोडिन आइ पुग्नुभएका तर गैर आवासीय नेपालीको परिभाषामा नपर्नु भएकाहरु सङ्ग पनि सहकार्य गरेर “JOINING HANDS “ टास्क फोर्स मार्फत अघि बढिनेछ ।

-NRNA Germany लाई gemeinnützig बनाउँदै आफ्नै कार्यालय स्थापना गर्ने प्रयासमा लागिनेछ ।

-एनआरएनए जर्मनीले गरिरहेका विविध प्रतियोगिता, क्रियाकलाप, गतिविधी, चाडपर्व, सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदैं थप कार्यक्रमहरु अघि बढाइनेछ ।

-एनआरएनए जर्मनीको आफ्नै सदस्यता डाटा बेस बनाइनेछ । आगामि कार्यकालका लागि शुल्क मात्रै बुझाए हुने गरी एकपटकको सदस्य सधैंको सदस्य बन्ने अवधारणा लागु गरिनेछ ।

-हरेक दुःख सुख तथा भैपरी आउने समस्या, आपतविपद् आदिमा साथ सहयोग दिदै जर्मनीको राज्यदेखि विभिन्न संघसस्थासँग पारदर्शी रुपमा सहकार्य गरेर अघि बढिनेछ ।

-नेपाली समुदायलाई एउटा बलियो र सभ्य जमातको समुदाय भनेर जर्मन सरकारबाट रेकग्नाइज हुने गरी सबैसँग सहकार्य गरेर एउटा विशेष पहिचान दिलाइनेछ ।


प्रकाशित | १४ श्रावण २०७८, बिहीबार १२:४५