उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक

लाप्लेजुङ :  संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् ।

२०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । ‘१५ दिनअघि घाउ च ठीक भएको हो तर उपचार खर्च तिर्ने पैसा नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्यु छु,’ सर्जरी वार्डको २२ नम्बर शय्यामा रहेका लिम्बूले भने । यो समाचार खगेन्द्र अधिकारीले नागरिकमा लेखेका छन्


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०७:०८