युक्रेनमा रहेका सबै नेपाली सकुशल: एनआरएनए

काठमाडौं  – युक्रेनमा रहेका नेपालीहरु सुरक्षीत रहेको पाइएको छ । गैर आवासीय नेपाली संघले युक्रेनमा रहेका नेपाली सुरक्षीत रहेको जनाएको छ ।

एनआरएनए प्रवक्ता डिवी क्षेत्रीका अनुसार युक्रेनमा ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उनीहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आएका छन् । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उनीहरु सबै सकुशल रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको जनाइएको छ । त्यहाँ रहेका सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरि आवश्यक परे स्वदेश फर्कन समेत संघले आग्रह गरिएको छ ।


प्रकाशित | १२ फाल्गुन २०७८, बिहीबार २०:५०