मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्व शूरु

काठमाडौं : इस्लाम धर्मालम्बीहरुको रमजान पर्व मंगलबारबाट शूरु भएको छ । यो पर्व एक महिनासम्म चल्ने गर्दछ । इस्लाम धर्मावलम्बीहरुले बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शूरु गरेका छन् । चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व आज बिहानबाट शुरु भएको हो । एक महिना रोजा अर्थात् उपवासमा बसेर चन्द्रमाको दर्शन गरेपछि विधिवतरूपमा रमजान पर्वको समापन हुन्छ ।

त्यसपछि, इस्लाम धर्मावलम्बी खुशीयालीको रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउने गर्छन् । रमजानको पवित्र महिनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । आजकै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार ०९:५९