महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता दीनमणि पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता नियुक्त भएको जानकारी गराउनुभएको हो ।


प्रकाशित | १३ पुष २०७९, बुधबार २०:२०