इन्ग्लिश प्रिमियर लिग फुटबल: चेल्सीलाई ‘टप थ्री’ पुग्ने अवसर, खेल राति १२: ४५ मा सुरु

एजेन्सी : इन्ग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति चेल्सीले बर्नलीसंग प्रतिस्पर्धा गर्दैछ । चेल्सीको घरेलु मैदानमा हुने खेल राति १२: ४५ मा सुरु हुनेछ । स्टामफोर्ड ब्रिजमा चेल्सी बर्नलीलाई पराजित गर्दै शीर्ष क्लबसंगको अंक दुरी घटाउने योजनामा हुनेछ । चेल्सीलाई शीर्ष तीनमा पुग्ने अवसर छ ।

लिगको पाँचौ स्थानको चेल्सीले ६६ अंक जोडेको छ । घरेलु मैदानमा बर्नलीलाई पराजित गरे चेल्सीले टोटेनहम र आर्सनललाई पछि पार्दै तेस्रो स्थान सुरक्षित गर्नेछ । लिगमा तेस्रो स्थानको टोटेनहमको ६७ र चौंथो आर्सनलको ६६ अंक छ ।  बर्नलीलाई हराएमा चेल्सीले टोटेनहमलाई २ अंकले पछि पार्ने छ । तर, बर्नलीलाई हराउन चेल्सीलाई सहज भने छैन । बर्नली ३९ अंक जोडेर लिगको १५ औं स्थानमा छ । बर्नली चेल्सीलाई घरेलु मैदानमा रोक्ने योजनासहित मैदान उत्रने छ ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १८:१६