रवी लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । लामिछानेले दावी गरेअनुसारै मन्त्रालय दिन लागिएको जनाइएको छ ।

स्रोतका अनुसार तीन जना उपप्रधानमन्त्रीमध्ये एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउन लाग्नु भएको हो ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि अहिले केहि बेरमा शपथ लिदैंछन् ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १५:४६