राप्रपा सरकारमा सहभागि नहुने

काठमाडौँ : संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै
तत्काल सरकारमा सहभागि नहुने र बाहिरबाटै समर्थन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी पनि तत्काल सरकारमा नजाने भएको छ ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १४:५३