प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सोमबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई  प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नु भएको थियो ।

दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएको थियो ।


प्रकाशित | १० पुष २०७९, आईतवार १८:१९