भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला कोरोना संक्रमणमुक्त, ११ हजार ५ सय ३४ ले जिते कोरोना

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ।

शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन्। मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला सहित ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

शुक्रबार विभिन्न २७ वछटा प्रयोगशालबाट ४ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २ श्रावण २०७७, शुक्रबार १७:०८