गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं –  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । पोखरेल प्रदेशको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोहो ।

डा. शेखर कोइराला प्यानलबाट चुनाव लड्नु भएको पोखरेलले खसेको ४६६४ मत मध्ये २३०६ मत प्राप्त गर्नु भयो । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी हुनु भयो ।

केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मात्र मत पाउनु भयो ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार २१:४७