भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अधुरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपरेको बताउनु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ९ भारालीबाट अरनिको राजमार्ग राजकुलो बाटो बिस्तार शिलान्यास गर्नुहुँदै मेयर थापाले आफू दोस्रो कार्यकालमा निर्वाचीत भएपछि अधुरा योजना पूरा गर्न लागिपरेको बताउनु भएको हो ।
मेयर थापाले पहिलो कार्यकालमा शूरु भएका तर सम्पन्न भइनसकेका विकास निर्माणका कार्य धमाधम पूरा गर्न नगरपालिका लागिरहेको स्पष्ट पार्नुभयो ।
सूर्यविनायक नगरबासी सबैको सहयोगले विकास निर्माण कार्यलाई तीब्र ढंगले अगाडि बढाउन सफल भएको र आगामी दिनमा पनि सहयोगको खाँचो रहेको बताउनुभयो ।
सो अवसरमा वडाध्यक्ष भगवान खत्री, मेयर थापाका स्वकीय सचिव श्रीराम ब्याञ्जुलगायत जनप्रतिनिधि, स्थानीयबासीको सहभागिता थियो । नगरपालिकाको ३ लाख सहयोगमा राजकुलो बाटो विस्तारको कार्य शूरु गरेको हो ।
प्रकाशित | २ पुष २०७९, शनिबार २०:५३