नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति: ओमानले पनि शून्य लागतमा कामदार लैजाने

काठमाण्डौ: नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । सहमती जुटेसँगै ओमान सरकारले पनि शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका हुन् ।

दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको जनाइएको छ । अहिले जुटेको सहमित दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ । तथ्यांकका अनुसार अहिले झन्डै १५ हजार नेपाली रोजगारीका लागि ओमानमा छन् ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १६:२३