भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कलाकारहरु राष्ट्रका गहना भएको बताउनु भएको छ । कलाकार राष्ट्रका गहना भएकाले कला क्षेत्रको जर्गेना गर्नु सबैको कर्तब्य भएको बताउनु भएको हो ।
सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिका-४ को सहकार्यमा आयोजित चौथो एपिक नेपाल म्युजीक अवार्डको प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको मेयर थापाले कलाकारहरु कुनै पार्टी र ब्यक्ती विशेषको नहुने बताउनुभयो ।
‘कलाकार कुनै पार्टी, ब्यक्तीको हुँदैन भनेर नै नगरपालिकाकाले सम्झेको हो’, मेयर थापाले भन्नुभयो, ‘नगरपालिकाले कला क्षेत्रलाई सम्मान गर्नका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।’
त्यस्तै, सो अवसरमा मेयर थापाले आफूले पहिलो कार्यकालमा नगरपालिकालाई नमूना र उदाहरणीय बनाएको, दोस्रो कार्यकालमा निर्वाचीत भएपछि अधुरा योजना पूरा गर्न लागिपरिरहेको तथा कला क्षेत्रलाई विशेष प्राथमिकता दिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रीय चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ कलाकारहरु बसुन्धरा भुसाल, लक्ष्मी गिरी, सन्तोष पन्त र दिनेश डिसीलगायत सयौ कलाकारहरुको सहभागिता थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराई लगायत अतिथि पनि सहभागि हुनुहुन्थ्यो । सो अवसरमा विभिन्न विधामा उत्कृष्ठ पाँचमा पर्न सफल कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रकाशित | २ पुष २०७९, शनिबार १९:५४