एनआरएनए निर्वाचन : हालसम्म तीस जनाले गरे उम्मेदवारी दर्ता, आचार्य पक्षबाट भने कसैको परेन्

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । निर्वाचन समितिका अनुसार हालसम्म विभिन्न पदमा गरि ३० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भएको छ । अनलाईनको माध्यमबाट उम्मेदवारी दर्ता गरिरहेको समितिले अन्य केहिको भने फाराम आए पनि रुजू गर्ने क्रम जारी रहेको जनाएको छ ।

अध्यक्ष पदका लागि रसियाबाट डा. बद्री केसी र अमेरिकाबाट रवीना थापा गरि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा. हेमराज शर्मा, ओमनबाट डिबी क्षेत्रीको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी परेको छ । यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दर्त गराउनु भएको छ । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी दिनु भएको छ ।

यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ । युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिनु भएको छ । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी, दिपक शर्मा र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।]

यसैगरी एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

तर कुल आचार्य समुहबाट भने कसैको पनि उम्मेदवारी परेको छैन । आचार्य पक्षधरले प्रतिनिधि विवाद समाधान नभई निर्वाचनमा सहभागि नहुने घोषणा गरिसकेको छ ।

यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता शुरु भएको हो । यसअघि उम्मेदवारी दर्ता मंगलबार ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा तीन दिन थप्दै ११ मार्च अर्थात शुक्रबार साँझ ५ बजेम्म तोकिएको हो ।


प्रकाशित | २५ फाल्गुन २०७८, बुधबार २१:२१