भारतले कोसी नदीको धारलाई फर्काएपछि ९० परिवार नदीले घेरिए

सप्तरी: भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १०:०४