विश्वकपमा प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

एजेन्सी -फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्को खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।

यता, आफ्नो समूहमा उपविजेता बनेको स्पेन पनि मोरक्कोलाई हराएर अन्तिम आठमा पुग्न चहान्छ । स्पेनले पहिलो खेलमा कोस्टा रिकालाई ७–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएको थियो ।

यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ को बनेर भिडन्त तय गरेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।

नकआउट चरण स्थान बनाउने क्रममा पोर्चुगलले घानालाई ३–२ ले र उरुग्वेलाई २–० ले हराउँदा दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो । यता स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले पराजित भएको थयो ।


प्रकाशित | २० मंसिर २०७९, मंगलवार १२:३६