नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ४ हजार २६० पीसीआर र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६३२ जना पुगेको छ। कुल संक्रमितमध्ये २६ हजार १०२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ८२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ३६ हजार ६४८ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ। हाल ११८ जना क्वारेन्टाइनमा छन्। २०० जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २९ माघ २०७८, शनिबार १७:०२