सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक अन्तर्गत ६ किलो मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउपालिका वडानम्बर ७ को ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको हो ।

जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालका अनुसार मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् । दुर्घटनामा १८ जना घाईते भएको र उनीहरूको काठमाडौं र सिन्धुपाल्चोकको सदावहार अस्पताल खाडीचौरमा उपचार भैरहेको छ ।

बसमा कती थिए भन्ने अझै यकीन हुन सकेको छैन भने मृतकको समेत सनाखत भएको छैन । बस कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको थियो । बस सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।


प्रकाशित | २९ मंसिर २०७६, आईतवार ११:१९