म्यानचेष्टर सिटी उपाधि नजिक

एजेन्सी : म्यानचेष्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि यात्राबाट मात्र एक जित टाढा छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कम्पनीले ७० औ मिनेटमा विजयी गोल गरे । जितपछि सिटी लिगको शीर्ष स्थानमा फर्किएको छ । र दोस्रो स्थानको लिभरपुलसंग एक अंकको अग्रता लिएको छ ।

लिगको अन्तिम खेलमा म्यानचेष्टर सिटीले रेलिगेशन जोनबाट एक स्थान माथि रहेको ब्रिङ्टोनसग खेल्नेछ । लिभरपुलले घरेलु मैदानमा उल्भ्ससंग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलका पुर्व प्रशिक्षक समेत रहेको ब्रेन्डन रोडजर्स २०१४ मा उपाधिको निकै नजिक पुगेका थिए । उनले लेस्टर निकै रक्षात्मक रुपमा तयार बनाएका थिए । जसले सिटीलाई निकै गाह्रो अवस्था सिर्जना गरेको थियो ।

तर कम्पनीले सिजनको पहिलो गोल गर्दै सिटीलाई महत्वपुर्ण खेलमा तीन अंक दिलाउन सफल रहे । शीर्ष स्थानको म्यान सिटीको ९५ अंक छ । लिभरपुलको ९४ अंक छ । नवौ स्थानमा रहेको लेस्टरको ५१ अंक छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार ०७:०५