भक्तपुर: अखिल नेपाल महिला संघ सूर्यविनायक नगर कमिटिको आयोजनामा प्रशिक्षण तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

सूर्यविनायकको शुभकामना पाटी प्यालेसमा शुक्रबार आयोजित तीज विशेष कार्यक्रमको पार्टी केन्द्रीय सदस्य तथा सूर्यविनायक नगर ईन्चार्ज तुलसा दाहालले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक ईन्चार्ज दाहालले तीजको महत्वको र यसको इतिहासको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष वचन देउवा, जिल्ला उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, जिल्ला सदस्य तथा प्रदेश सभा सदस्य किरण थापा, सूर्यविनायक नगर कमिटि अध्यक्ष रविन्द्र सापकोटा लगायतले सूर्यविनायकका महिला दिदी बहिनीहरुले तीज पर्वलाई उत्साहका साथ भड्कीलो नबनाईकन मनाएकोमा खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सूर्यविनायक नगर कमिटि सचिव तथा वडा नंं १० का वडाध्यक्ष शिवराम राउत, जिल्ला सदस्य तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायत सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रम अखिल नेपाल महिला संघ सूर्यविनायक नगर कमिटि अध्यक्ष मन्जु केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सूर्यविनायक नगर कमिटि सचिव गीता पण्डित बस्नेतले सन्चालन गर्नु भएको कार्यक्रममा सहभागिहरुलाई जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ सूर्यविनायक नगर कमिटी उपाध्यक्ष पबिता श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रममा महिला दिदी बहिनहिरुले तीजको दरसँगै नाचगान समेत गरेका थिए ।












प्रकाशित | २२ भाद्र २०८०, शुक्रबार १९:११