कुवेतमा ३० मे सम्मका लागि कफ्र्युको समय थप

कुवेत:  कुवेतमा आजदेखि ३० मे सम्मका लागि कफ्र्युको समय थपिएको छ । कुवेतको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज १० मे देखि ३० मे सम्मका लागि कफ्र्युको समय थप गरिएको हो ।  कफ्र्युको समयमा कोपरेटिभ सोसाइटी खाद्यान्न आपूर्ति गर्ने लगायत ग्यास सिलिन्डर वितरक भने खुला रहने बताइएको छ ।

त्यस्तै, बेलुका ४ः३० देखि ६ः३० सम्मको समयमा आफू बसोबास गर्ने क्षेत्रभित्र मात्र कार वा अन्य सवारी साधनको प्रयोग नगरी कुवेत सरकारले तोकेको स्वास्थ्य सम्बन्धी पूर्वसाबधानीका सर्तहरु तथा मापदण्डहरु (विशेषत सामाजिक दूरी कायम गर्ने तथा नाक मुख छोप्ने मास्कको प्रयोग गर्ने) ध्यानमा राखी सो समयमा हिँडडुल गर्न भने सकिनेछ ।

कफ्र्यूको अवधिमा कुवेत सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी निर्देशनहरू तथा तोकेका मापदण्डहरूको पूर्ण पालन गर्न नेपाली राजदूतावास कुवेतले सबै नेपालीमा अनुरोध गरेको छ ।

दूतावासले कुवेतमा रहेका नेपालीहरुमा आइपर्ने समस्या समाधान तथा आवश्यक सहयोग, समन्वय र सहजिकरणका लागि प्रतिवद्ध रहेको समेत जनाएको छ ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार २०:००