भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर:  भक्तपुर–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनु भएको छ । थापाले नेकपा एमालेका महेश बस्नेतलाई नौ सय ५७ को मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।

थापाले २४ हजार दुई सय ३९ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ८२ मत पाउनुभयो ।

यो क्षेत्रमा गत २०७४ को निर्वाचनमा एमालेका बस्नेत निर्वाचीत हुनु भएको थियो भने ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल निर्वाचीत हुनु भएको थियो ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३ , राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार तीन सय ५२ प्राप्त गर्नु भएको छ ।

यो क्षेत्रमा कूल ९१ हजार ९११ मतदाता रहेकोमा ६५ हजार ९१९ मत खसेको थियो ।


प्रकाशित | ८ मंसिर २०७९, बिहीबार ०६:४३