५२ हजार ३ सय मतसहित केपी शर्मा ओली विजयी

झापा: झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी हुनु भएको छ । ओली ५२ हजार ३ सय १९ मतसहित विजयी हुनु भएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाउनु भयो । ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जित्नु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याउनु भयो । ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार १९:०८