अमेरिकाज् क्षेत्रका कोरोना प्रभावीतलाई सहयोग गर्न समिति गठन

न्यूयोर्क : गैर आवासीय नेपाल संघ ( एनआरएनए ) अमेरिकाज् क्षेत्रले कोरोनाबाट प्रभावीतको लागि राहत संकलन गर्न एक समिति गठन गरेको छ । अमेरिकाज् क्षेत्रमा अन्यको तुलनामा बढी नेपालीहरु कोरोनाबाट प्रभावीत भएको भन्दै क्षेत्रीय समितिले बढी भन्दा बढी राहत संकलन गर्दै प्रभावीतलाई सहयोग गर्न सहयोग समिति गठन गरेको हो ।

एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिको आइतबार बसेको बैठकले आइसिसी सचिव गौरी राज जोशीको संयोजकत्वमा समिति गठन गरेको हो । अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीको प्रस्तावमा आइसिसी सचिव जोशीलाई संयोजक तोकिएको हो ।

यो संकटको बेला भएकाले सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिर्दै त्रिपाठीले यो बेला सबैस्तरको समिति मिलेर धेरैभन्दा धेरै राहत सकलन गर्दै प्रभावीतलाई सहयोग गर्न आवश्यक भएकोले आइसिसी सचिव जोशीलाई संयोजकको प्रस्ताव गर्नुभएको हो ।

बैठकमा एनआरएनए आइसिसी सल्लाहकार हरिबोल भण्डारी, आइसिसी उपाध्यक्ष रविना थापा, सचिव गौरीराज जोशी, आरसी, डिआरसीहरु, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेसहितको सहभागिता थियो ।

अमेरिकाज क्षेत्रमा प्रभावित नेपालीहरूलाई राहत दिने उद्देश्यले गठिन आर्थिक संकलन समितिले अमेरिका, क्यानडालगातय देशबाट सहयोग संकलन गर्दै प्रभावीतको सहयोगमा केन्द्रित हुने बताइएको छ । कार्यक्रम आइसिसी सदस्य प्रमोद सिटौलाले सञ्चालन गर्नुभएको थियो ।


प्रकाशित | २४ चैत्र २०७६, सोमबार ०८:००