काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडौँ :  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी हुनु भएको हो ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गनुभयो। पराजित श्‍यामकुमार घिमिरेले ६८०० मत ल्याउनुभयो ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याउनुभयो । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ ।

यसअघि काठमाडौं मा विराजभक्त श्रेष्ठ, काठमाडौं२ मा सोबिता गौतम विजयी भइसक्नु भएको छ ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार ०७:२३