कोष्टारिकामा पनि एनआरएनए गठन,अध्यक्षमा डा खगेन्द्र चापागाईं

टेक्सस –अमेरिकाज् क्षेत्र अन्तर्गत रहेको कोष्टारिकामा पनि गैर आवासीय नेपाली संघ गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले कोष्टारिकामा डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा एनसिसी गठन भएको हो ।

अमेरिकाज् क्षेत्रमा अमेरिका र क्यानडामा मात्र गैर आवासीय नेपाली संघ सक्रिय रहेकोमा अब कोष्टारिका पनि थपिएको छ । क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रका अरु केही देशमा पनि नेपालीहरुलाई संघमा संगठित गराउने प्रयास भइरहेको बताउनु भयो ।

दक्षिण अमेरिकी मुलुक कोष्टारिकाको उपाध्यक्षमा डा. ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं, र कोषध्यक्षमा समान्ता मोक्तान लामा निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा भुवन चापागाईं, डा. किलर्नी चापागाईं, राजेश चपागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन हुनु भएको छ । साधारण सभाले अन्तर्राष्टिय समन्वय परिषद् (आईसीसी) सदस्यमा संजीव लामालाई निर्विरोध चयन गरेको छ।


प्रकाशित | १३ श्रावण २०७८, बुधबार १२:००